बालबाटिका क्रिकेट लिग हुँदै , प्रथम हुनेलाई एक लाख भन्दा बढी - Himal Post Himal Post
  • २ माघ २०८२, बिहीबार
  •      Thu Jan 15 2026
Logo

बालबाटिका क्रिकेट लिग हुँदै , प्रथम हुनेलाई एक लाख भन्दा बढी



कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा रहेको नव बालबाटिका विद्या मन्दिरले ठुलो धनरासीको क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । विद्यालयले शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै क्रिकेट लिगका बारेमा जानकारी दिएको छ ।

“ब्यक्तित्व बिकास, पारस्परिक सहयोग एमं स्वास्थ्यका लागि खेल” भन्ने मुल नाराका साथ असोज २७ गतेबाट कार्तिक ९ गते सम्म क्रिकेट प्रतियोगिता हुने आयोजकले बताएको छ । विद्यालय स्तरबाटै सबल, सक्षम, सृजनशिल र अनुसाशित क्रिकेट खेलाडीहरु उत्पादन गर्ने तथा बौनियालाई पनि क्रिकेट शहरको रुपमा चिनाउने उदेश्यले क्रिकेट लिग आयोजना गरिएको मुल आयोजक समितीका संयोजक एमं नव बालबाटिका विद्या मन्दिरका संस्थापक प्रिन्सिपल प्रमोद मल्ले बताए ।

प्रतियोगितमा कैलाली र कञ्चनपुर जिल्लाका २ सामुदायिक र १४ संस्थागत गरी १६ टिमको सहभागीता रहेको छ । टीकापुर नगरपालिकाबाट ३, लम्की चुहा नगरपालिकाबाट ७, धनगढी उपमहानगरबाट १, कञ्चनपुर जिल्लाबाट २ र बर्दगोरिया गाउँपालीकाबाट ३ टीमको सहभागीता रहेको छ ।

प्रतियोगितामा प्रथम हुने टीमले १ लाख १ हजार र दृतिय हुनेले ५१ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन भने उत्कृष्ट खेलाडीहरुले पनि धनराशीको पुरस्कार रहेको आयोजकले जनाएको छ । प्रतियोगिता लिक कम नकाउट प्रणालीका आधारमा मुडा बजारको खेल मैदानमा खेलाइने आयोजकले जनाएको छ । टीममा नियमित तर्फ कक्षा १० मा अध्यनरत विद्यार्थीहरुलाई मात्रै सहभागी गराउनु पर्ने नियम रहेको आयोजकले जनाएको छ ।