आमालाई बलात्कारको प्रयास गर्ने छोरा पक्राउ - Himal Post Himal Post
  • २२ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 5 2026
Logo

आमालाई बलात्कारको प्रयास गर्ने छोरा पक्राउ



घोडाघोडी । आमालाई बलात्कारको प्रयास गर्ने एक जनालाई कैलालीबाट प्रहरीले पक्राउ गरेको छ । घरमा कोही नभएको मौका छोपी शुक्रबार साझ खाना खाई सुत्ने क्रममा एक्कासी आमाको कोठामा पुगेर हातपात गरी बलात्कारको प्रयास गर्ने अन्दाजी ३१ बर्षिय छोरा राम (नाम परिवर्तन) लाई जिल्लाको बर्दगोरिया गाँउपालिकाबाट पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय सुखडले जानकारी दिएको छ ।

पक्राउ परेका पिडक राम (नाम परिवर्तन)लाई जिल्ला चलान गर्ने तयारी भईरहेको ईलाका प्रहरी कार्यालय सुखडले जनाएको छ । परिवारीक श्रोतका अनुसार, छोरा भारतमा मजदुरी गरी दशै मनाउन घर फर्किएका थिए ।

पिडकले बेलाबखत मानसिक सन्तुलन गुमाएको जस्तो ब्यवहार गर्ने गरेको भएपनि त्यसो नभई बहाना गर्ने गरेको परिवारको दाबि छ । पिडित उनकी आमा एकल महिला हुन । उनी लामो समय देखी घरमा एक्लै बस्दै आएकी छिन ।