यी हुन् ७ वर्षीया बालिका बलात्कार गर्ने पूर्वप्रहरी - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

यी हुन् ७ वर्षीया बालिका बलात्कार गर्ने पूर्वप्रहरी



काठमाडाैँ, । बालिका बलात्कारको अभियोगमा एक पूर्वप्रहरी पक्राउ गरेका छन् । ७ वर्षीया बालिका बलात्कार गरी फरार भएका राष्ट्रिय असुसन्धान विभागका पूर्वप्रहरी पक्राउ परेका हुन् ।

बलात्कार गरी फरार पूर्वप्रहरी भुवन भन्ने राजु खरेललाई महानगरीय अपराध महाशाखाको टोलीको समन्वयमा कञ्चपुर प्रहरीले सोमबार पक्राउ गरेको हो ।

अपराध महाशाखाले उनलाई कञ्चनपुरको बेलौरीबाट पक्राउ गरिएको जनाएको छ । उनलाई आजै कञ्चनपुरबाट काठमाडौं ल्याउने तयारी भइरहेको महाशाखा जनाएको छ ।

प्रहरीका अनुसार खरेलले रामेछाप खाडादेवी–२ की माझी थरकी ७ वर्षीया बालिकालाई गत वर्षको फागुनदेखि चैतसम्म पटक पटक बलात्कार गरेको उजुरी परेको थियो ।

पीडित बालिकाका परिवारले बानेश्वर प्रहरी वृत्तमा उजुरी दिएपछि खरेल फरार थिए । खरेलमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।