१६ वर्षीया किशोरीलाई बलात्कारपछि जिउँदै जलाईयो - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

१६ वर्षीया किशोरीलाई बलात्कारपछि जिउँदै जलाईयो



भारतको झारखण्डमा एक १६ वर्षीया किशोरीलाई बलात्कारपछि जिउँदै जलाइएको छ । ती किशोरीमाथि बलात्कार भएपछि अभिभावकले गाउँका अगुवालाई गुनासो गरेको भन्दै उनलाई जिउँदै जलाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा १४ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार बलत्कारपछि गाउँका अगुवाले दोषीलाई १ सय पटक उठबस गर्न र ५० हजार रुपैया जरिवाना तिर्न आदेश दिएका थिए । तर त्यसबाट कुद्ध बलत्कारीले किशोरीका आमाबाबुमाथि निर्घात कुटपिट गर्नुका साथै उनलाई आगो लगाएका हुन् ।
स्थानीय प्रहरी कार्यालयका प्रमुख अशोक रामले भने, ‘उनीहरुले आरोपीले पीडित किशोरीका आमाबाबुलाई कुटपिट गर्नुका साथै घरमा पुगेर किशोरीलाई आगो लगाएका हुन् ।’उनीहरुले आफ्ना बुबाआमा आफन्तको विवाहमा गएका बेला किशोरीलाई ४ जनाले अपहरण गरेका थिए । प्रहरीका अनुसार अपहरणपछि राजा केन्डुवा गाउँ नजिकैको जंगलमा लगेर किशोरीमाथि बलत्कार गरेका थिए ।
घटनाबारे थाहा पाएलगत्तै उनका बाबुआमा दोषीमाथि कारवाहीको माग गर्दै गाउँका अगुवासमक्ष पुगेका थिए । तर गाउँ परिषदा अगुवाले कानूनी प्रक्रियाको साटो आफै विवाद समाधानको पहल गरेका थिए । भारतका कतिपय ग्रामिण इलाकामा अझैपनि त्यस्ता गाउँ परिषदो महत्वपूर्ण प्रभाव कायमै छ ।

बलत्कार र हत्याबारे अनुसन्धान गर्न प्रहरीले १४ जनालाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार ४ जनाको खोजी भइरहेको छ । प्रहरीले कैयौं गाउँलेमाथि गैरकानुनी कार्य गरेको तथा घटनालाई तोडमोड गर्न प्रयास गरेको आरोपमा मुद्दा दायर गरिने जनाएको छ ।

भारतमा सन् २०१६ को एक प्रतिवेदन अनुसार वर्षमा करिब ४० हजार बलत्कारका घटना हुने गर्छन् । यद्यपी, उक्त प्रतिवेदनमा सामाजिक अपहेलनाको त्रासका कारण अधिकांश घटनाहरु सार्वजनिक नहुने उल्लेख छ । अाजकाे कान्तिपुरबाट ।