बलात्कार गर्न खोजेको आरोपमा पक्राउ पर्ने माथी मुद्दा दर्ता - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

बलात्कार गर्न खोजेको आरोपमा पक्राउ पर्ने माथी मुद्दा दर्ता



कैलाली । यहि चैत २३ गते  कैलालीको  कैलारी गाउँपालिका–१ मा  बस्ने महिलालाई  बलात्कार गर्न खोजेको आरोपमा पक्राउ परेका कृष्णप्रसाद चौधरी (टुक्की)लाई जबरजस्ती करणी उधोग अन्तरगत मुद्दा दर्ता गरिएको छ।

गाउँपालिकाको वडा नम्वर १ दक्षिण मन्झरामा महिलालाई बलात्कार गर्न खोज्ने चौधरीलाई जबरजस्ती करणी उधोगमा मुद्दा दर्तागरि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

त्यस्तै घरमा जबरजस्ती गर्न खोजेपछि महिलाले गुहार  माग्दा  स्थानिय हरुले जबरजस्ती करणी गर्न खोज्ने कृष्ण प्रसाद चौधरीलाई नियन्त्रणमा लिइ २४ गते  कालोमोसो दलेर जुत्ताको माला लगाउने कार्यमा संलग्न भएको आरोपमा ३५ वर्षिय भलमन्सा बुद्धिराम चौधरी, ४८ वर्षिय  दुखिराम चौधरी, ४५ वर्षिय भसराम चौधरी, ४० वर्षिय खोजराम चौधरी, ४० वर्षिय बिसराम चौधरी र  ३७ वर्षिय छेदुराम चौधरीलाई पक्राउ गरि केही सार्वजनिक अपराध शीर्षकमा मुद्दा दर्ता गरि थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।