महाराजगञ्जमा स्कुलभित्रै छात्राको बलात्कार - Himal Post Himal Post
  • ११ श्रावण २०८३, सोमबार
  •      Mon Jul 27 2026
Logo

महाराजगञ्जमा स्कुलभित्रै छात्राको बलात्कार



काठमाडौं–

 महाराजगञ्जमा स्कुलभित्रै एक बिद्यार्थी बलात्कारमा परेकी छन्। स्कुलकै कर्मचारीले छात्राको बलात्कार गरेका हुन्। घटना एक महिनाअघिको भएपनि हालैमात्र उजुरी परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको छ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जले अभियुक्त सुजन श्रेष्ठलाई पक्राउ गरी कारबाही अघि बढाएको हो। वृत्तका डिएसपी योगेन्द्रसिंह थापाका अनुसार स्कुलको छतमा बलात्कार भएको भन्दै छात्राले उजुरी दिएकि छिन्। १० कक्षामा पढ्ने ती छात्रा स्कुलकै होस्टेलमा बस्दथिन्। साँझको समयमा छतमा लगेर आफुमाथि बलात्कार गरेको उजुरीमा छ। बहाना बनाएर छतमा बोलाएको र बलात्कारगरेपछि कसैलाई नभन्न धम्की दिएको पीडितको उजुरीमा उल्लेख छ।

अभियुक्त श्रेष्ठ सोही स्कुलको ब्याईज होस्टलमा कार्यरत थिए। सुरुमा घटना गोप्य राखिएकोमा परिवारले थाहा पाएपछि गत आइतबार प्रहरीमा उजुरी दिएका हुन्। अभियुक्त सोही स्कुलको यातायात शाखामा काम गर्ने व्यक्ति भएको प्रहरीले जनाएको छ ।