बालाजुको औद्योगिक क्षेत्रमा भीषण आगलागी
काठमाडौं-बालाजुस्थित औद्योगिक क्षेत्रमा भीषण आगलागी भएको छ ।
औद्योगिक क्षेत्रमा रहेको फोर्स मोटर ग्यारेजमा आगलागी भएको हो । आगो निभाउनका लागि दमकल तथा कयौं पानीका ट्यांकर परिचालन भएका छन् ।
आगलागीको कारण खुलेको छैन ।