बाजुरा तनावग्रस्त: कर्फ्यु आदेश जारी - Himal Post Himal Post
  • २९ बैशाख २०८१, शनिबार
  •      Sat May 11 2024
Logo

बाजुरा तनावग्रस्त: कर्फ्यु आदेश जारी



बाजुरामा तनावको अवस्था बनेपछि कफ्यु आदेश जारी गरिएको छ । बाजुरा जिल्लाका २ स्थानीय तहमा कर्फ्यु जारी गरिएको हो ।

बूढीनन्दा नगरपालिका वडा न ७, ८, ९ र १० र बूढीगंगा नगरपालिकाका २, ३, ४, ५ र ९ मा शुक्रबार राति ८ बजेदेखि शनिबार बिहान ७ बजेसम्मका लागि कर्फ्यु आदेश जारी भएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

मतदानको समयमा दिनभर तनावग्रस्त रहेका वडाहरुमा धनजनको क्षति हुनबाट जोगाउनका लागि कर्फ्यु आदेश जारी गरिएको कार्यालयले जनाएको छ ।