बझाङमा जिप दुर्घटना : ९ जनाको मृत्यु ,चार घाइते - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

बझाङमा जिप दुर्घटना : ९ जनाको मृत्यु ,चार घाइते



कैलाली । बझाङमा जिप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

बझाङको सदरमुकाम चैनपुरको डुङग्री भन्ने स्थानबाट मष्टा गाउँपालिका जाँदै गरेको से १ ज १०७२ नम्बरको जीप डौठी भन्ने ठाउँमा सोमबार दिउँसो दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

दुर्घटनामा ज्यान गुमाउनेको सनाखत हुन बाँकी छ । जीप दुई सय मिटर भीरमा खसेकाले घाइतेहरूको उद्धारमा कठिनाई भइरहेको प्रहरीले जनाएको छ ।

भीरबाटै पनि चार जनाको उद्धार गरिसकेको प्रहरीले जनाएको छ । दुर्घटनाग्रस्त जीप भीरमा अड्किएको अवस्थामा रहेको प्रहरीले जनाएको छ। फाइल तस्बिर :