चार बझाङ्गी चेलीसहित ३७ सदस्यीय टोली साइपाल तर्फ प्रस्थान (फोटो फिचर)
गणेश विक/बझाङ , साइपाल आरोहण गर्ने चार बझाङ्गी चेलीसहित ३७ जनाको टोली चैनपुरबाट साइपाल हिमाल तर्फ हिँडेको छ । शनिवार बिहान चैनपुरमा उनीहरुलार्इ खादा, फूलमाला र टिका लगाएर सफल आरोहरणको शुभकामना दिँदै बिदार्इ गरिएको हो । जयपृथ्वी नगरपालिका मेयर विरेन्द्र खड्का, नेपाल पर्यटन पत्रकार संघ एन्टोज उपाध्यक्ष बसन्तप्रताप सिंह, नेपाल पत्रकार महासंघ बझाङका जगदिश रोकाया लगायतले उनीहरुलार्इ बिदार्इ गरेको हो ।
सुदूरपश्चिममै पहिलो पटक हुन लागेको आरोहणमा ४ जना बझाङ, १२ जना विदेशी र अन्य गरी ३७ जनाको टोली शनिवार बिहान ९,३० बजे पत्रकार सम्मेलन गरी साइपाल हिमाल आरोहण गर्ने उद्देश्यकासाथ हिँडेको छ ।
यीनीहरु मध्ये १५ जनाले साइपाल हिमाल आरोहण गर्नेछन् भने बाँकी बेस क्याम्प बस्नेछन् ।
शनिवार बिहान चैनपुरबाट हिँडेको यो टोली चार दिन लगाएर साइपाल हिमालको बेस क्याम्पमा पुग्नेछ भने आरोहण गर्न १२ दिन लाग्ने भाटले जानकारी दिए । उनका अनुसार आरोहणकै लागि ३५ दिन लाग्ने अनुमान गरिएको छ ।
अहिले पश्चिमी हिमालहरुमा मौसम प्रतिकुल हुने भएकाले मौसमी अफ्ठ्यारो नहुने भाटले जनाए । अक्टोबार १७ मा हिमाल आरोहण गर्ने लक्ष्य भएपनि विदेशबाट हिमाल आरोहण लगायतका सामाग्री आउन समय लागेकाले केहि दिन ढिला आरोहण हुन लागेको मिसन साइपाल अभियानकर्मी तथा फिलिम्का निर्देशक भोजराज भाटले रेडियो साईपाल पोष्टलाई जानकारी दिए ।
सो आरोहणलाई समेटेर डेढ करोड लगानीको फिल्म पनि बन्ने भएको छ । जसको नाम मिसन साइपाल रहनेछ भने यो फिल्मलार्इ विदेशमा प्रदर्शन गरिनेछ । साइपाल आरोहणले अग्ला तथा टाकुरामा विशेष गरी महिलाले जानु हुँदैन भन्ने मान्यताको अन्त्य गर्नेछ भने संसारकै प्रख्यात आरोहीहरूलाई यस अभियानमा सहभागी गराएर ७ नम्बर प्रदेशलाई विश्वसामु चिनाउने यसको मुख्य लक्ष्य छ ।
पहिलो पटक चलाइएको यो अभियान केही चुनौतीपूर्ण त अवस्य छ नै तर यसले प्रदेश ७ विशेष गरी बझाङलार्इ सम्भावनाको ढोका खोल्ने पक्का छ । महिनावारी भएका महिला अथवा उनीसँग लसपस भएको पुरूषले हिमालको आसपास पुगे मात्रै पनि विराजमान देवता रिसाउँछन् र घरपरिवारमा ठूलै अनिष्ट हुन्छ भन्ने अन्धविश्वास रहेको छ। यही मानसिकताले गर्दा हिमालको सौन्दर्यले मन्त्रमुग्ध भए पनि स्थानीयले चढ्ने साहस गर्दैनन्।
हिजोआज हिमाल चढ्ने कुरा सामान्य भइसक्यो। अन्धविश्वासले गाँजिएको समाजका अगाडि छोरीले पनि अवसर पाए चुनौती चिर्दै सफलताको शिखर चुम्न सक्छन् भन्ने देखाउनु चारै जनाको संकल्प हो।
यसअघिसम्म नेपाल पर्यटन विभागको आधिकारिक जानकारीमा सरकारको इजाजत लिएर कसैले पनि साइपाल आरोहण गरेका छैनन् । दक्षिणी मोहडाबाट साइपाल चढ्न निकै गाह्रो रहेको लेखहरूमा पढ्न पाइन्छ ।
यही मोहडाबाट साइपाल चढ्ने चेलीहरूले हिम्मत कसेको छैन्। मिसन सफल भएमा उनीहरू आधिकारिक रूपमा साइपाल चढ्ने पहिलो त हुने नै छन् । हिमाल आरोहणको ढोका उघार्ने पहिलो बझाङ्गी पनि हुनेछन् ।
साइपाल प्राकृतिक सौन्दर्य र पर्यटकीय सम्भावना हिसाबले पनि धनी छ । तर राष्ट्रिय मुलधारमा खासै चर्चामा छैन । नेपालको पर्यटन उद्योग काठमाडौं र पोखरा उपत्यका, चितवन, खुम्बु र अन्नपूर्ण क्षेत्रमै सीमित छ । नेपालमा विदेशी पर्यटक वर्षमा १० लाख जति आउन थालिसके, तर साइपाल क्षेत्रमा मुस्किलले एक दर्जन पनि पुग्दैनन् ।
उनीहरू यहि अक्टोबर २४ मा बेसक्याम्प जानेछन् र साइपालमा ३५ दिन बिताउँनेछन्। साइपाल आरोहणमा चासो देखाउने १५ मध्ये उत्कृष्ट चारमा छनौट भएका यी चेलीहरूको नाम छनौट भएको हो । विश्व विख्यात आरोही डा। जर्ज, एडुर्ने पासावनसँगै आरोहण गर्ने मौका पनि पाएका छन् । डा। जर्ज इगोसिगा र एडुर्ने पासावन संसारका आठ हजारभन्दा माथिका १४ वटै हिमाल चढिसकेका व्यक्ति हुन् ।
अझ महिलामा यी १४ वटा हिमाल चढ्नेमा अहिलेसम्म एडुर्ने एकमात्र पहिलो नाम हो । डा। जर्ज र एडुर्नेसँगै अन्य १२ जना प्रख्यात आरोही पनि यस अभियानमा सामेल हुँदैछन ।