बझाङको पर्यटकीय क्षेत्र सुर्मा सरोवरलाई चिनाउन सांस्कृतिक कार्यक्रमको आयोजना  - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

बझाङको पर्यटकीय क्षेत्र सुर्मा सरोवरलाई चिनाउन सांस्कृतिक कार्यक्रमको आयोजना 



गणेश विक / बझाङ ।

सुदुरपश्चिम प्रदेशको धार्मीक तथा पर्यटकीय धरोहरको रूपमा चिनीने बझाङ जिल्लाको सुर्मा सरोवर क्षेत्रलाई चिनाउने उदेश्यले युनिक मोशन युवा समाजले वृहत ‘सुर्मा सास्कृतिक कार्यक्रम २०७५’ आयोजना गर्ने भएको छ ।

यहि कार्तिक १३ गतेदेखि १६ गते सम्म संचालन हुने कार्यक्रममा स्थानीय चर्चित कलाकार देखी रास्ट्रिय कलाकारहरु देउडा गायक लाल बहादुर धामी (अछामी बड्डो), दोहोरी गायिका राधिका हमाल , र्‍यापर मिस्टर आर जे (राजेन्द्र भट्ट) ,डान्सर मनिष खड्का नेपाल टेलीभिजनवाट प्रसारीत मेरि बास्सैका हास्यकलाकार जानुका पौडेल (प्याकुली) र निरु खड्का (निर्मली) तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ ।

कार्यक्रममा हास्य कलाकार र स्थानिय कलाकारहरुले जिल्ला र सुर्मा गाँउपालीाकामा भईरहने कुरिती ,बाल बिवाह छाउपडी प्रथा लाई जनचेतना दिने तरिकाबाट हसाउने युनिक मोशन युवा समाजका अध्यक्ष धन बहादुर बोहराले बताए । फाइल तस्बिर :