बझाङमा समयमै काम सकेर ठेकेदारले पाए ४२ लाख पुरस्कार  - Himal Post Himal Post
  • ५ बैशाख २०८२, शुक्रबार
  •      Fri Apr 18 2025
Logo

बझाङमा समयमै काम सकेर ठेकेदारले पाए ४२ लाख पुरस्कार 



बझाङ । तोकिएको समयमा काम पूरा नगर्ने ठेकेदारलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशनमा सूची तयार पारिएको बेला यता बझाङमा भने ठेकेदारलाई सम्मान गरिएको छ ।

बझाङमा हुने गरेका निर्माण कार्यहरु छिटोछरितो सम्पन्न गरेको भन्दै विकोई ईल्डर्स प्रालीका प्रतिनिधी दल बहादुर बिष्टलाई ४२ लाख नगद सहित सम्माानित गरिएको हो ।  उनलाई स्थानीयवासीसँगै सरकारी कार्यालयले पनि सम्मान गरेका हुन् । निर्माण–व्यवसायी विष्टले बिकोई बिल्डर्स प्रालिमार्फत बझाङमा निर्माणको काम गरेका थिए ।

उनले बाउली गाड र सेतीनदीमा तटबन्ध निर्माणको काम तोकिएको समयभन्दा अगाडि नै पूरा गरेका हुन् । त्यस्तै, जिल्ला मालपोत कार्यालय र जिल्ला हुलाक कार्यालयको भवन पनि ठेक्काको म्यादअघि नै सम्पन्न गरेका छन् ।

३ वर्षयता बझाङमा निर्माणको काम राम्रोसँग र छिटो पूरा गरेकाले उनलाई सम्मानित गरिएको जनाइएको छ । ‘धेरै निर्माण–व्यवसायीले ठेक्का ओगट्ने र काम नगर्ने गरेका थिए, मैले समयभन्दा अगाडि नै काम सम्पन्न गरेँ, निर्माण–व्यवसायी विष्टले भने, यो सम्मानले अरू योजनाको कामलाई पनि तीव्रता दिन हौसला मिलेको छ ।’