बझाङका वडाध्यक्ष र सचिवमाथि कालोमोसो - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

बझाङका वडाध्यक्ष र सचिवमाथि कालोमोसो



धनगढी । बझाङको बित्थडचिर गाउँपालिका ८ का वडाध्यक्ष जय बहादुर मल्ल र वडा सचिव दत्तराम अवस्थीलाई विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले कालो मसो दलेको छ।

वडामा वडाध्यक्ष र वडा सचिव मिलेर भ्रष्टाचार गरेको भन्दै नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको अनेरास्ववियुले कालोमोसो दलेको पार्टीले जनाएको छ।

कार्यालय जादै गर्दा सोमबार दिउँसो बाटोमै नेकपाका कार्यकर्ताले कालोमोसो दलेका हुन्।

उनीविरूद्ध खानेपानी योजना निमार्णमा भ्रष्टाचार गरेको, मजदुरलाई ज्याला नदिएको, सडक बिस्तारमा १० कमिसन खाएको, कागजपत्र मिलाएर सामाजिक सुरक्षा भत्तामा अनियमितता गरेको र प्रतिबन्धको समयमा पार्टीविरुद्ध सुराकी गरेको आरोप लगाइएको छ।

यता, बित्थडचिर गाउँपालिका प्रवक्ता हर्क धामीले वडाध्यक्ष र वडा सचिवलाई दुर्व्यवहार गर्नेविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजूरी दर्ता भइसकेको र उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिइसकेको बताए।