सोचेजस्तो भएन एमाले कार्यदलको बैठक - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

सोचेजस्तो भएन एमाले कार्यदलको बैठक



काठमाडौं- लामो समयपछि फेरि क्रियाशील बनेको नेकपा (एमाले) कार्यदलको मंगलबारको बैठक पनि उपलव्धि मुलक बन्न सकेन । अपेक्षा गरिएअनुसार उपलब्धि नभएपनि दुवै पक्षले छलफल सकारात्मक भएको बताए।

सिंहदरबारमा बसेको एमाले कार्यदलको बैठकमा दुवै पक्षले बुँदागत धारणा राखेको बताइएको छ। यसअघि बसेको बैठकले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालले संयुक्त रूपमा निकाल्ने विज्ञप्तिको मस्यौदाबारे छलफल गर्ने बताएका थिए ।

कार्यदलको बैठक फेरि बुधबार बस्ने जनाइएको छ। आजको बैठक सोमबारको जति सौहार्द हुन नसकेको स्रोतले जनाएको छ । बैठकमा दुवै पक्षले सहमतिका लागि के कस्ता बुँदा पेश गर्ने भन्ने खुलाइएको छैन।

एमाले एकताको सन्देश दिन ओली र नेपालले संयुक्त प्रेस विज्ञप्ति जारी गर्ने नेताहरूले बताउँदै आएका थिए। तर, आजको कार्यदलको बैठकमा भने त्यस विषयमा छलफल भएकै छैन ।

दुवै पक्षले कार्यदलको बैठकमा भएको छलफल सकारात्मक रहेको बताएका छन्। कार्यदलमा ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल तथा नेपाल पक्षबाट भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, रघुजी पन्त र गोकर्ण विष्ट रहेका छन्।