बैतडीमा करेन्ट लागेर एक जनाको मृत्यु  - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

बैतडीमा करेन्ट लागेर एक जनाको मृत्यु 



बैतडी । बैतडीको पाटनमा करेन्ट लागेर मंगलवार बिहान एक विद्युत कार्यालयका कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुनेमा बैतडीको पाटन नगरपालिका -६ का ५५ बर्षिय भान सिंह खत्री रहेका स्थानीय दिनेश विष्टले जानकारी दिनुभयो ।

मंगलवार बिहान पौने ८ बजे स्थानीय सुर्नयागाड जलविद्युतको विद्युतगृहमा फ्युज हाल्न गएका बेला करेन्ट लागर मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक गिन्द्र बोगटीले जानकारी दिनुभयो ।