बैतडीमा जिप दुर्घटना : एकको मृत्यु ,एक घाइते - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

बैतडीमा जिप दुर्घटना : एकको मृत्यु ,एक घाइते



कैलाली । बैतडीमा जिप दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । दशरथचन्द राजमार्गअन्तर्गत पर्ने बैतडीको खोडपेमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । मृत्यु हुनेको सनाखत हुन सकेको छैन ।

दार्चुलाबाट धनगढी आउदै गरेको ग १ ज ५२२४ नम्बरको जिप बुधबार बिहान सवा ५ बजेतिर पाटन नगरपालिका–८ खोड्पेको बन्तड भन्ने भीरमा जिप दुर्घटना भएको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ ।

घाइतेहरुलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको छ । जिप सडकबाट करिब २५० मिटर तल खसेको प्रहरीले जनाएको छ । मृतकको शव भीरमा अड्किएको र कुहिरो तथा पानी परिरहेकाले शव निकाल्न असहज भइरहेको घटनास्थलमा पुगेका इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक गिन्द्रबहादुर बोगटीले जानकारी दिए । दुर्घटना के कारणले भयो भन्ने एकिन नभएको प्रहरीले जनाएको छ । फाइल तस्बिर :