बैतडीमा पनि नेकपा विजयी

बैतडी -बैतडीको पुर्चाैडी नगरपालिका ४ मा नेकपाका उम्मेदवार विजयी भएका छन् ।
नेकपा उम्मेदवार शैलेन्द्र धानुक प्रतिष्पर्धीभन्दा १०५ मत बढी ल्याएर विजयी भएका हुन् ।
निर्वाचनमा कुल खसेको १ हजार ३३० मतमध्ये धानुकले ६६३ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका गोबिन्द बहादुर धामीले ५५८ मत प्राप्त गरे ।
पुर्चौडी ४ मा यसअघि पनि तत्कालीन एमालेका उम्मेदवार विजयी भएका थिए । यसअघि चुनाव जितेका गौतम भट्टको मोटरसाइकल दुर्घटनामा ज्यान गएपछि उपचुनाव भएको हो ।

