बैतडीमा जीप खस्यो: दुई गम्भीर घाइते - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

बैतडीमा जीप खस्यो: दुई गम्भीर घाइते



बैतडी : बैतडीमा जीप दुर्घटना भएको छ। बैतडीको धुरामा जिप दुर्घटना हुँदा दुईजना घाइते भएका छन्।

पाटन नगरपालिका–३ बोहरीगाउँवाट डडेल्धुरा जाँदै गरेको से १ ज २१३ नम्बरको जिप आइतबार बिहान २ बजे धुरामा दुर्घटना भएको हो।

दुर्घटनामा जिप चालक पाटन–८ का २३ वर्षीय लोकेश मडै र २६ वर्षीय गणेश महरा घाइते भएको जिल्ला प्रहरीले जनाएको छ।

घाइते दुवैको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ। घाइते दुवैको डडेल्धुरामा उपचार हुन नसकेपछि थप उपचारका लागि धनगढी पठाइएको प्रहरीले बताए।

जिप सडकबाट २०० मिटर तल खसेको छ। दुर्घटनाको कारण खुल्न सकेको छैन। जिपमा दुईजना मात्रै रहेको बताइएको छ।