बैतडीमा जीप दुर्घटना : ३ को मृत्यु ,३ घाइते

बैतडी । बैतडीमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । देहीमाडौंबाट नागार्जुन जाँदै गरेको ग १ ज ४९२१ नम्बरको जीप आइतबार बिहान साढे ११ बजेतिर दशरथचन्द नगरपालिका- ११ नानीगाड भन्ने स्थानमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने अन्य ३ जना घाइते भएका प्रहरीले जनाएको छ।
दुर्घटनामा परी बैतडीको दशरथचन्द नगरपालिका-१० बाराकोट अन्दाजी ४५ वर्षीय हिराबल्लभ भट्ट,सोही ठाउँका अन्दाजी ६५ वर्षीय नरुली भट्टको घटनास्थलमै ज्यान गएको छ भने मृत्यु हुनेमध्ये एकजनाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी दशरथचन्द नगरपालिका- १० का प्रकाश भट्ट, कञ्चनपुरको महेन्द्रनगरका २६ वर्षीय राहुल भट्ट र जीपचालक दशरथचन्द नगरपालिका-१०का नवीन भट्ट घाइते भएका छन् । जीप दुर्घटनाको कारण भने खुलेको छैन् । घाइतेलाई अस्पताल ल्याउने काम भइरहेको प्रहरीले जनाएको छ ।फाईल तस्विर

