भैरहवालाई तत्कालै विशेष सुरक्षा योजना बनाउने - Himal Post Himal Post
  • २ असार २०८३, मंगलवार
  •      Tue Jun 16 2026
Logo

भैरहवालाई तत्कालै विशेष सुरक्षा योजना बनाउने



तिलक सुबेदी / लुम्बिनी, १५ पुस । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले भैरहवा क्षेत्रका लागि तत्कालै विशेष सुरक्षा योजना बनाउने बताउनुभएको छ ।

सिद्धार्थ उद्योग वाणिज्य सङ्घ भैरहवाले बिहीबार यहाँ आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा औद्योगिक तथा पर्यटकीय केन्द्र भैरहवामा आपराधिक क्रियाकलाप बढेकाले आउँदो एक हप्ताभित्र विशेष सुरक्षा योजना तयार गरी लागू गरिने जानकारी दिनुभयो ।

रुपन्देहीमा आपराधिक घटना बढेको निष्कर्ष निकाल्दै महानिरीक्षक अर्यालले आपराधिक क्रियाकलाप निरुत्साहित पार्न र आपराधिक क्रियाकलापमा संलग्नलाई कानुनी दायरमा ल्याउन पनि सुरक्षा योजनाले सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले विशेष सुरक्षा योजनाको खाका तयार गर्न लुम्बिनी अञ्चल प्रहरी वरिष्ठ उपरीक्षक शेरबहादुर बस्नेतलाई निर्देशन दिनुभएको छ ।

कार्यक्रममा सहभागी उद्योगी, व्यवसायी तथा पत्रकारले जिल्लामा शान्तिसुरक्षाको अवस्था अत्यन्तै बिगँ्रदै गएको गुनासो गरेका थिए । व्यवसायीको गुनासोलाई सम्बोधन गर्दै महानिरीक्षक अर्यालले बिग्रिएको रुपन्देहीको शान्तिसुरक्षालाई यथास्थितिमा ल्याउने उल्लेख गर्दै जिल्लामा पूर्ण सुरक्षाको प्रत्याभूति दिलाउने बताउनुभयो ।

उहाँले आम नागरिकका लागि शान्ति र सुव्यवस्था कायम गर्न नेपाल प्रहरी जहिले पनि कटिबद्ध रहेको उल्लेख गर्दै सल्बलाउन खोजेको आपराधिक गिरोहको टाउको पूर्ण रुपमा निमोठेरै छाड्ने बताउनुभयो । उहाँले उद्योगी कुलप्रसाद न्यौपानेलाई गोली हान्ने, उद्योगी एवम् युवा सङ्घ नेपाल रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीका हत्यारा र एसएमएसबाट धम्काउनेको खोजी कार्य तीव्र गतिमा अगाडि बढेको र केही दिनमै उनीहरुलाई सार्वजनिक गरिने जानकारी पनि दिनुभयो ।