बैंकिङ कालोबजारी बन्दको माग गर्दै कैलालीका व्यवसायी आन्दोलीत - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

बैंकिङ कालोबजारी बन्दको माग गर्दै कैलालीका व्यवसायी आन्दोलीत



धनगढी,कैैैलाली । बैंकिङ कालोबजारी बन्दको माग गर्दै कैलाली उद्योग बाणिज्य संघको आयोजनामा कैलालीका व्यवसायीहरु आन्दोलमा उत्रेका छन् । पूर्व सूचना बिनानै ब्याजदर बढाएको भन्दै शुक्रवार संघको आयोजनामा धनगढी चौराहदेखि कैलाली उद्योग वाणिज्य संघको परिसरसम्म प्लेकार्ड सहित शान्तिपुर्ण प्रदर्शन गरेका छन् ।

बैंकिङ कालोबजारी बन्द गरी व्यवसायीहरुको लागी तोकिएकै ८ प्रतिशत ब्याजदर कायम गरिनुपर्ने कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले माग गर्नुभयो । उहाँले ब्याजदरमा एकरुपता नआउँदा बेरोजगारी बढ्ने, महंगी तथा देशकै अर्थतन्त्रमा कमी आउने बताउँदै सरकारले गम्भीर हुन जरुरी रहेको बताउनुभयो ।

यस्तै बिरोध शभामा कैलाली उद्योग वाणिज्य संघ पूर्व अध्यक्ष गोपाल हमालले बैंकको मनपरी ब्याजदरका कारण उद्योगी व्यवसायी मारमा परेकोले एउटै बैंकले पनि उस्तै प्रकृतिको व्यवसायमा ऋण लगानी गर्दा ऋणी हेरेर फरक–फरक ब्याजदर असुल गरिरहेकाले बैंकको ब्याजदरमा एकरुपता हुनुपर्ने बताउनुभयो ।