गायक शर्माको तीज गीतमा लोक दोहोरीका चर्चित हस्तीहरूको अभिनय(भिडियो सहित) - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

गायक शर्माको तीज गीतमा लोक दोहोरीका चर्चित हस्तीहरूको अभिनय(भिडियो सहित)



समीर प्रकाश पाण्डे

नेपाली लोक दोहोरी क्षेत्रमा फरक खालको गीतहरूमा लिएर आउने र चर्चामा रहने गायक हुन पशुपति शर्मा । हालै मात्र उनको तीज गीत ‘बैमानीले ढाँट्यो’ सार्वजनिक भएको छ। हरेक वर्षको तीजमा शर्माको गीत अग्रपङ्क्तिमा रहँदै आएको देखिन्छ ।

गीतमा उत्कृष्ट निर्देशन कला प्रस्तुत गरेका छन् दुर्गा पौडेलले भने लोक दोहोरीका चर्चित हस्तीहरूको अभिनयले गीत अझ उत्कृष्ट बनाएको छ। लोकप्रिय मोडल रञ्जिता गुरुङ, श्रीकृष्ण वम मल्ल, पशुपति शर्मा, नरेश खाती, राजु ढकाल, वैकुण्ठ महत, सीता श्रेष्ठ लगायतका कालाकारहरूको अभिनय रहेको छ ।

सम्पूर्ण पक्ष उत्कृष्ट रहेको सो गीतमा गायिका सीता श्रेष्ठले आवाजमा शर्मालाई साथ दिएकी छन्। गीतलाई पशुपति शर्माले आफ्नै च्यानलबाट सार्वजनिक गरेका छन् भने गीतको लय र शब्द समेत उनैको रहेको छ ।