आन्दोलनमा वैद्य माओवादीको साथ - Himal Post Himal Post
  • २२ असार २०८३, सोमबार
  •      Mon Jul 6 2026
Logo

आन्दोलनमा वैद्य माओवादीको साथ



१५ मंसिर, काठमाडौं ।

संविधान संशोधनविरुद्धको आन्दोलनमा मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले ऐक्यवद्धता जनाएको छ ।

अध्यक्ष वैद्यले बुधबार विज्ञप्ति निकालेर उक्त घोषणा गरेको हो , ‘सीमांकन लगायतका विषयको विरोधमा जनताद्वारा राखिएका जायज माग र आयोजित प्रदर्शन तथा हड्तालको कार्यक्रमप्रति पार्टी दृढतापूर्वक समर्थन र ऐक्यबद्धता जाहेर गर्दछ ।’

सीमांकनलगायतका विषयको समाधान तानाशाही तरिकाले नहुने भन्दै विज्ञप्तिमा लेखिएको छ, ‘सीमांकन लगायतको विषयको विवाद समाधान अग्रगामी तथा परिवर्तनशील राजनीतिक शक्तिहरु र सम्वन्धित जिल्ला तथा प्रदेशका जनताको राय सुझाव तथा सहमतिका अनिवार्य हुने कुरामा पनि पार्टी आफ्नो दृढ अभिमत रहेको धारणा व्यक्त गर्दछ ।’

क्रान्तिकारी माओवादीले अहिलेको संविधान आमूल परिवर्तन तथा मुक्तिकामी जनताको इच्छा तथा भावना विपरीत भएकाले त्यसको विकल्पमा संघीय जनगणतान्त्रिक संविधान बनाउनुपर्ने प्रस्ताव राख्दै आएको छ ।