एकताको तयारीमा वैद्य र विप्लव - Himal Post Himal Post
  • ११ श्रावण २०८३, सोमबार
  •      Mon Jul 27 2026
Logo

एकताको तयारीमा वैद्य र विप्लव



शीर्ष दलहरू मिल्न नसकिरहेका बेला टुक्रिएका कम्युनिस्ट पार्टीहरू एकीकरणलाई टुंग्याउने गरी अघि बढेका छन्।

मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, मोहनविक्रम सिंह नेतृत्वको एकता केन्द्र मसाल, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र ऋषि कट्टेल नेतृत्वको नेकपाबीच आन्तरिक रूपमा एकीकरणका लागि गृहकार्य भइरहेको छ। विचार मिल्नेहरूसँग एकताका लागि आफूहरू खुला रहेको नेकपा क्रान्तिकारी माओवादीले बताएको छ।

जनवादी केन्द्रीयता, मालेमावादको सिद्धान्त अवलम्बन गर्ने जोकोहीसँग एकताको ढोका खुला रहेको क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य अम्बिका मुडवरीले जानकारी दिनुभयो। माओवादी केन्द्र र एमालेसँग पार्टी एकता हुनै नसक्ने बताउनुभयो।

यो खबर आजको नेपाल समाचारपत्रमा छ, उहाँले भन्नुभयो– ‘ती पार्टी कम्युनिस्टको सिद्धान्त नै अवलम्बन गर्दैनन्। त्यसैले देशलाई समृद्ध बनाउन नयाँ जनवादी क्रान्ति अनिवार्य छ। कम्युनिस्टहरू सदैव क्रान्तिप्रति प्रतिबद्ध भएर लाग्नुपर्छ। हाम्रो प्रयास विचार मिल्ने मुख्यतः विप्लव नेतृत्वको नेकपालगायतका दलसँग एकता हुने कुरा साँचो हो। हामी निरन्तर छलफलमै छौं।’