वैदेशिक रोजगारमा ठगी गर्ने फरार अभियुक्त पक्राउ - Himal Post Himal Post
  • ९ असार २०८३, मंगलवार
  •      Tue Jun 23 2026
Logo

वैदेशिक रोजगारमा ठगी गर्ने फरार अभियुक्त पक्राउ



 

१ भदौ, काठमाडौँ ।
वैदेशिक रोजगार ठगी मुद्दामा सजायको फैसला पाएका फरार अपराधीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ ।
वैदेशिक रोजगार न्यायाधीकरण समितिद्वारा २०७१ सालमा २ वर्ष कैद र २ लाख जरिवाना तोकिए पनि सजाय भुक्तान नगरी फरार भएका ललितपुर महानगरपालिकाका ३२ वर्षीय शतिसमान न्याछयोलाई ब्यूरोले कालीमाटीबाट पक्राउ गरेको जनाएको छ ।

उनलाई सजाय भुक्तानीका लागि नख्खु कारगार पठाइएको प्रहरीले जनाएको छ ।

न्याछयोले एस कन्सल्टेन्सी एण्ड रिसर्च सेन्टर नामक दर्ता नगरिएको संस्थाबाट मोरिसस, अफगानिस्तान, ताजानिया, इराक, दक्षिण अफि्रका लगायतका मुलुक पठाइदिने भन्दै आकर्षक तलबको प्रलोभन देखाएर १५ जनाबाट ५७ लाख ५१ हजार ठगी गरेका थिए ।

ठगी गरेको रकममा ५० प्रतिशत हर्जनासमेत असुल गरी ८५ लाख ६६ हजार ५०० पीडितलाई उपलब्ध गराउन वैदेशिक रोजगार न्यायाधीकरण समितिले फैसला गरेको थियो ।