बहुप्रतिभाशाली व्यक्तित्व नवीनको शब्दमा "किन मायामा हुन्छ यस्तो... हर साँझ हर बिहान, तिमिलाई देखु जस्तो" - Himal Post Himal Post
  • २ माघ २०८२, बिहीबार
  •      Thu Jan 15 2026
Logo

बहुप्रतिभाशाली व्यक्तित्व नवीनको शब्दमा “किन मायामा हुन्छ यस्तो… हर साँझ हर बिहान, तिमिलाई देखु जस्तो”



काठमाडौं ।।
सर्लाही जिल्लाको हरिउन नगरपालिकामा जन्म लिनु भएका बहुप्रतिभाशाली व्यक्तित्व नवीन न्यौपानेले आफ्ना शुभचिन्तकहरु माझ एउटा अर्को कोशेली पस्कदै हुनुहुन्छ । उहाँको आफ्नै शब्द तथा लयमा सुसज्जित “किन मायामा हुन्छ यस्तो, किन मायामा हुन्छ यस्तो! हर साँझ हर बिहान, तिमिलाई देखु जस्तो” बोलको हृदयस्पर्शी शब्द बोकेको गित छिट्टै सार्वजनिक गरिने फिल्मी समाचार युनिटलाई जानकारी गराउनु भएको छ ।

पछिल्लो समय निकै चर्चामा रहेका न्यौपाने अब भने ठुलो पर्दामा फड्को मार्दै हुनुहुन्छ । म्युजिक भिडियोको अभिनयबाट निकै तारिफका पात्र बनेका नवीनलाई चलचित्रको लागि अफर आएपछि अब चलचित्रमा समेत देख्न पाइने भएको छ । जस्तो सुकै भुमिकाका डुब्न सक्ने तथा मिठामिठा शब्द शृजना गर्न सक्ने क्षामता भएका न्यौपानेले आधा दर्जन भन्दा बढी म्युजिक भिडियोमा मोडलिङ गरिसकेका छन । उनीसंग काम गरेका कोएक्टरहरुले समेतले उहाँको अभिनयको तारिफ गर्ने गर्छन ।

उनले नायिका नम्रता सापकोटा, रञ्जिता गुरुङ लगायतसँग स्क्रिन सेयर गरिसकेका छन् । उनले मोडलिङ क्षेत्रमा प्रवेश गरेको केही समयमा नै ठुलो उचाई लिएका थिए । प्रमोद खरेल र हिमाल सागरलगायतका गीतमा अभिनय देखाईसकेका नविनले ‘किन म आजभोलि…’ बोलको गीतमा जिवन्त अभिनय गरेपछि सर्वत्र तारिफका पात्र बनेका थिए । ‘रोयो फौजी मन..’ तथा ‘पराईको बगैचा…’ बोलका गितहरुले समेत उनलाई चर्चाको शिखरमा पुर्याएको थियो ।