तमु समाज बहराइनले डिसेम्बर २९ मा बैधिक पाठ तथा सास्कृतिक कार्यक्रम गर्ने - Himal Post Himal Post
  • १० असार २०८३, बुधबार
  •      Wed Jun 24 2026
Logo

तमु समाज बहराइनले डिसेम्बर २९ मा बैधिक पाठ तथा सास्कृतिक कार्यक्रम गर्ने



बहराइन/

तमु समाज बहराइनले यो वर्ष पनि तमुहरूको महान् पर्व तमु ल्होसार साँझ एक बृहत् सँस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ |

शुक्रवार नेपाली क्लबको सभाहलमा समाजका अध्यक्ष नरेन्द्र घलेको अध्यक्षतामा बसेको पूर्ण कार्य समितिको बैठकले यसपालिको ल्होशार बौधिक पाठ पूजा, शुभकामना आदान प्रदान साथै बृहत् सास्कृतिक कार्यक्रमको आयोजना गरी मनाउने निर्णय गरेको हो |

प्रवासी भूमिमा रहेर पनि आफ्नो मौलिक जातीय पहिचान, भाषा, संस्कार र संस्कृतिको संरक्षण गर्नुको साथै विभिन्न सामाजिक सेवामा निरन्तर आफ्नो हात फैल्यउदै आइरहेको तमु समाज बहराइनले हरेक वर्ष तमु ल्होसार भव्यताको साथ मनाउदै आइरहेको छ |

यसै सन्दर्भमा यसपालि पनि तमु समाज बहराइनले नेपालबाट चर्चित कलाकारको टोली भित्राउदै बृहत् ल्होशार सांस्कृतिक गरी तमु ल्होसार मनाउने नरेन्द्र घलेले बताए