डोरमणिलाई हटाएर अष्टलक्ष्मीलाई मुख्यमन्त्री बनाउने अन्तिम तयारी - Himal Post Himal Post
  • ११ असार २०८३, बिहीबार
  •      Thu Jun 25 2026
Logo

डोरमणिलाई हटाएर अष्टलक्ष्मीलाई मुख्यमन्त्री बनाउने अन्तिम तयारी



काठमाडौं- बागमती प्रदेशको मुख्यमन्त्रीबाट डोरमणि पौडेललाई हटाउने अन्तिम तयारी भएको छ । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले नयाँ दल खोल्ने तयारी गरिरहेका बेला मुख्यमन्त्री परिवर्तन गर्ने तयारी गरिएको हो ।

नेता नेपाल पक्षकी सांसद रहेकी नेतृ अष्टलक्ष्मी शाक्यलाई पौडेलको स्थानमा मुख्यमन्त्री बनाउन लागिएको बताइएको छ । नेता नेपालले नयाँ दल खोल्नै लाग्दा शाक्यलाई मुख्यमन्त्री बनाउने तयारी गरिएको बुझिएको छ।

संघीय सरकार टिकाउन सरकारले दल विभाजनका अध्यादेश ल्याएसँगै एमाले विभाजन हुने भएपछि नेपाल समूहबाट मुख्यमन्त्री बनाउने सहमति बनेको बतैएको छ ।

सम्भव भएको खण्डमा आजै नभए भोलीसम्म पक्रिया अगाडि बढाउने तयारी भैरहेको बताइएको छ । बागमती प्रदेश सभाका ११० सदस्यमध्ये एमालेका ५६ जना सांसद छन्। यसमध्ये नेपाल समूहका कम्तीमा २२ सांसद छन्। गठबन्धनले यसबारे पहिले नै तयारी गरेपनि नेपाल समुहले भने केहिदिन रोकिन आग्रह गरेको थियो ।