बिचरा बागमती: अभियान र सफाई ! - Himal Post Himal Post
  • १९ मंसिर २०८१, बुधबार
  •      Wed Dec 4 2024
Logo

बिचरा बागमती: अभियान र सफाई !



काठमाडौं – हरेक साता वागमती सफा गर्ने नाममा केही व्यक्ति, सरकारी अभिकारी, सुरक्षा निकायलगायतका मानिस सहभागी हुन्छन् ।

सरसफाइ अभियानमा देशका नेता र नाम चलेका व्यक्तित्वहरुसहित हजारौं सहभागी भइसके, र हुने क्रम जारी छ ।

हालसम्म १२ हजार मेट्रक टनभन्दा बढी फोहोर निकालिसकिएको वाग्मती सरसफाइ अभियानले जनाएको छ ।

तर जम्मा २८ किलोमिटर वाग्मती पटकपटक सफा गरिँदा पनि हरेक पटक उत्तिकै फोहोर निस्किन्छ, खास कमी भएको पाइन्न ।

आजको कान्तिपुरको पृष्ठ ५ मा यो समाचार छापिएको छ । अहिले सरसफाइ अभियानको दुई सय ६५ औं हप्ता मनाइयो ।

अभियानमा प्रतक्ष्य सहभागी रहने गरेका अभियन्ता डा. राजु अधिकारी भन्छन्, ‘नयाँ ठाउँमा सरसफाइ थर्दा ४/५ ट्रक र पुरानो ठाउँबाट हरेक पटक १/२ ट्रकसम्म फोहोर निस्किरहेको हुन्छ । वाग्मती सपाm हुन सबैभन्दा पहिले सबै सहायक नदी सफा हुनुपर्छ ।’