गल्कोट समाज अष्ट्रेलियाले भलिबल प्रतियोगिता गर्ने - Himal Post Himal Post
  • ५ श्रावण २०८३, मंगलवार
  •      Tue Jul 21 2026
Logo

गल्कोट समाज अष्ट्रेलियाले भलिबल प्रतियोगिता गर्ने



अस्ट्रेलिया-

दसैँ तिहारको संयोग पारेर गल्कोट समाज अष्ट्रेलियाले एक दिवसीय भलिबल प्रतियोगिता हुने भएको छ।

अक्टोबर २९ तारिखको दिन एक दिवसीय भलिबल प्रतियोगिता हुने भएको छ। तिन वर्ष अगाडी स्थापना भएको गल्कोट समाजले पहिलो पटक यो खेल आयोजना गर्न लागेको हो।

बागलुङ जिल्लामा गल्कोट भलिबलमा निकै अगाडी रहेको छ । गल्कोटको लोकप्रिय भलिबल सिड्नीमा झनै लोकप्रिय बनाउने सस्थाको विशेष तयारी रहेको विरेन्द्रदिप मल्लले जानकारी दिए ।

उक्त प्रतियोगिता सिड्नीको म्यारिक्भिल स्थित PCYC CLUB मा सम्पन्न हुनेछ। सो प्रतोयोगितामा करिब १० टिम सहभागी हुने अनुमान छ ।

प्रथम र द्वितीय हुने टिमलाई पुरूस्कार स्वरूप नगद, प्रमाण पत्र ,मेडल ,ट्रफीका साथै खसि प्रदान गरिने छ ।