बाग्लुङकी महिलालाई कोरोना नभएको पुष्टि - Himal Post Himal Post
  • ९ माघ २०८१, बुधबार
  •      Wed Jan 22 2025
Logo

बाग्लुङकी महिलालाई कोरोना नभएको पुष्टि



बागलुङमा र्‍यापिड टेष्टमा कोरोना पोजेटिभ देखिएको महिलामा कोरोना संक्रमण नभएको बताइएको छ ।

पोखराको गण्डकी अस्पतालमा गरिएको स्वाब परीक्षणबाट उनमा संक्रमण नभएको पुष्टि भएको हो।

आइतबार बागलुङमा परीक्षण गर्दा पोजेटिभ देखिएपछि थप परीक्षणको लागि उनको स्वाब पोखरा पठाइएको थियो।

पोखरामा पीसीआर मेसिनमार्फत स्वाब परीक्षण गर्दा कोरोना नभएको पुस्टि भएको हो ।