बागलुङमा पनि नेकपा विजयी - Himal Post Himal Post
  • ५ श्रावण २०८३, मंगलवार
  •      Tue Jul 21 2026
Logo

बागलुङमा पनि नेकपा विजयी



बागलुङ : बागलुङको बडिगाड गाउँपालिका–२ वडाअध्यक्षमा पनि नेकपा विजयी भएको छ । नेकपाका ढालेन्द्र शेरचन विजयी भएका छन्।

बाम गठबन्धनबाट उम्मेदवार बनेका शेरचनले ७०४ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका डिल बहादुर रानाले ४ सय १२ मत प्राप्त गरेका छन्।

वडाअध्यक्षमा उम्मेदवारी दिएका समाजवादी पार्टीका हरीलाल रानाले ६ मत प्राप्त गरे भने १२ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

वडाअध्यक्षको निर्वाचनमा नेकपाबाट उम्मेदवार शेरचनलाई राष्ट्रिय जनमोर्चाले सघाएको थियो। २०७४ मा निर्वाचित वडाअध्यक्ष विष्णु भुषल जिल्ला समन्वय समितिको उपसंयोजकमा निर्वाचित भएपछि उक्त वडा रित्त रहेको थियो।