बागी उम्मेदवारमाथि निर्मम बन्दै सत्ता गठबन्धन - Himal Post Himal Post
  • ३ माघ २०८१, बिहीबार
  •      Thu Jan 16 2025
Logo

बागी उम्मेदवारमाथि निर्मम बन्दै सत्ता गठबन्धन



काठमाडौं । सत्ता गठबन्धनमा रहेका दलले आगामी मंसिर ४ मा हुन लागेको आम निर्वाचनमा पार्टीका बागी उमेदवारलाई कारबाही गर्ने तयारी गरेका छन् ।

सत्ता गठबन्धनको बैठक आज बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शीर्ष नेताहरुको बैठक बस्दै छ । बैठकमा कारबाहीबारे छलफल हुने एक दुई दिनभित्रै कारबाही गरिने एक नेताले बताए ।

आजको बैठकमा चुनावी सभाबारे पनि छलफल हुने बताइएको छ । निर्वाचन नजिकिँदै गएकाले बागीलाई समय दिनुभन्दा कारबाही नै गर्नुपर्ने अवस्था आएको गठबन्धनका नेताहरुको बुझाइ रहेको बताइएको छ ।

तर, केही स्थानमा सत्ता गठबन्धनभित्रै मित्रवत् प्रतिस्पर्धा गर्ने गठबन्धनमै सहमति भएकाले त्यहाँका उमेदवारलाई भने कारबाही हुने छैन । गठबन्धनमा नेपाली कांग्रेसका बढी बागी उमेदवार छन् ।