सरकार अर्को कदम चाल्दै ,अब बढी भाडा लिने सवारीलाई कारबाही गर्ने - Himal Post Himal Post
  • २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
Logo

सरकार अर्को कदम चाल्दै ,अब बढी भाडा लिने सवारीलाई कारबाही गर्ने



काठमाडौं – लामो समयदेखि यातायात क्षेत्रमा रहेको सिन्डिकेट खारेजपछि सरकार अब सवारीमा बढी भाडा लिनेमाथि कारबाही गर्न केन्द्रीत भएको छ ।

सार्वजनिक सवारीमा यात्रुसँग बढी भाडा लिने गरेको गुनासो आउन थालेपछि यातायात ब्यवस्था विभागले यस विषयमा अनुगमन गर्न थालेको हो ।

सार्वजनिक सवारीमा यात्रुसँग बढी भाडा लिनेमाथि कडा कारबाही गर्ने विभागले जनाएको छ । आजको राजधानी दैनिकमा समाचार छ ।

विभागका प्रवक्ता तुलसीराम अर्यालले भने, ‘सर्वसाधारणसँग बढी भाडा लिनेलाई कडा कारबाही गर्छौ।’ अनुगमनका क्रममा क्रमशः १३, १७ र १८ रुपैंयाँ भाडा कायम गरिएको दुरीमा खुद्रा पैसा छैन भन्दै फिर्ता नदिने गरेको पाइएको र त्यस्ता सवारीवालाई तुरुन्तै नियन्त्रणमा लिई कारबाही गर्ने गरेको प्रवक्ता अर्यालले बताए ।

विभागले बढी भाडा लिनेमाथि कारवाही गरी १ करोड राजस्व संकलन गरेको छ भने त्यसमध्ये २ लाख ९ हजार असुल उपर गरिसकेको छ ।