धेरै शुल्क लिने कलेजलाई तत्काल कारबाही गर्न गृह मन्त्रालयको निर्देशन - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

धेरै शुल्क लिने कलेजलाई तत्काल कारबाही गर्न गृह मन्त्रालयको निर्देशन



काठमाडौँ — गृह मन्त्रालयले विद्यार्थीहरूबाट अतिरिक्त शुल्क लिइरहेका मेडिकल कलेजलाई कानुनी दायरामा ल्याउन पत्राचार गरेको छ ।

मन्त्रालयले काठमाडौं, ललितपुर, भक्तपुर, मोरङ, सुनसरी, धनुषा, पर्सा, चितवन, कास्की, रूपन्देही, बाँके र जुम्लाका जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै विद्यार्थीबाट अतिरिक्त शुल्क उठाउने कलेजहरूलाई कारबाही गर्न निर्देशन दिएको हो ।

मेडिकल कलेजहरूले चिकित्सा शिक्षा आयोगले निर्धारण गरेभन्दा अतिरिक्त शुल्क बुझाउन विद्यार्थीहरूलाई दबाब दिइरहेका छन् ।

त्यस्तोमा गृहले प्रशासन कार्यालयहरूलाई अतिरिक्त शुल्क माग्ने कलेजहरूलाई कारबाही गर्न निर्देशन गरेको हो ।

कलेजहरूले अतिरिक्त शुल्क नबुझाए पठनपाठनसमेत गर्न नदिने सम्मको धम्की दिने गरेको विद्यार्थीहरूको गुनासो छ । ‘जिल्लामा सञ्चालित मेडिकल कलेजहरूले विद्यार्थीसँग कानुन विपरीत अतिरिक्त शुल्क लिएर नलिएको बुझी लिएको पाइएमा त्यस्ता कलेजहरूलाई कानुनी दायरामा ल्याउन आवश्यक पहल गर्न र सो को प्रतिवेदन मन्त्रालयमा पठाउन आदेशानुसार अनुरोध छ,’ गृहले निर्देशन गरेको छ ।