यी हुन् बाढीको जोखिम क्षेत्र, सतर्कता अपनाउन विभागको चेतावनी - Himal Post Himal Post
  • २२ फाल्गुन २०८१, बिहीबार
  •      Thu Mar 6 2025
Logo

यी हुन् बाढीको जोखिम क्षेत्र, सतर्कता अपनाउन विभागको चेतावनी



लगातार वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरोको प्रकोप सुरु भएको छ।

यसै क्रममा बाढी पूर्वानुमान महाशाखाले आज बुधबार बिहान साढे ६ बजे सूचना जारी गर्दै बाढी आउने क्षेत्रमा उच्च सतर्कता अपनाउन सुझाव दिएको छ।

सूचनाअनुसार जाजरकोट र आसपासको क्षेत्रमा पछिल्लो ३ घण्टामा भारी वर्षा मापन भएको छ।

सो क्षेत्र भइ बहने साना नदीहरूमा बाढीको जोखिम भएकाले तटीय क्षेत्रमा र पहिरोग्रस्त क्षेत्रमा रहनुहुनेहरूले दिउँसोसम्म उच्च सतर्कता अपनाऔं’, बाढी महाशाखाले भनेको छ।

यसैगरी रौतहटमा पनि बाढीको जोखिम बढेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले बुधबार बिहान साढे ५ बजे सूचना जारी गरी रौतहटको गौर र आसपासका क्षेत्रमा पछिल्लो ६ घण्टामा भारी वर्षा मापन भएकाले बाढीबाट सतर्क रहन भनेको हो।

यस्तै बाढी पूर्वानुमान महाशाखाले आज बिहान ३ बजे सूचना जारी गरी पछिल्लो ३ घण्टा कैलाली, कञ्चनपुर र आसपास धेरै स्थानमा भारी वर्षा भएको छ भने कान्द्रा, मोहना, खुटियालगायत नदीमा एक्कासि बाढी आउन सक्ने सम्भावना छ। महाशाखाका अनुसार कान्द्रा नदी कैलालीमा जलसतहले सतर्कता तह पार गरेको छ।

सूचनामा भनिएको छ : नदी तटीय होचा डुबान भइरहने क्षेत्रमा बिहान १० बजे सम्म विषेश सतर्कता अपनाऔं।’