रुखमा बाँधेर जबरजस्ती करणी गर्न खोज्ने पक्राउ - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

रुखमा बाँधेर जबरजस्ती करणी गर्न खोज्ने पक्राउ



कैलाली । कैलालीमा जबरजस्ती करणी गर्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महिलालाई जङ्गलमा लगी रुखमा बाँधेर जबरजस्ती करणी गर्न खोज्ने कैलारी गाउँपालिका –८ का २४ वर्षीय मनिश चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

गत फागुन १८ गते कैलारी गाउँपालिका –६ मसुरिया र कनरी बिचमा रहेको भरताल जङ्गलमा चौधरीले धारिलो हतियार देखाई डर त्रासमा पारी पीडितलाई जबरजस्ती गर्न खोजेको प्रहरीले जनाएको छ ।

घटना लगत्तै प्रहरीले खोज तलास गर्दै जाँदा उनलाई धनगढी उपमहानगरपालिका –७ मनहेरा शिविरबाट शुक्रवार राती पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।