प्रम ओलीले दिए मोदीलाई विजयी भएको भन्दै बधाई - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

प्रम ओलीले दिए मोदीलाई विजयी भएको भन्दै बधाई



काठमाण्डौं । भारतीय लोकसभा निर्वाचनको मतगणना जारी रहँदै प्रधानमन्त्री केपीशर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई विजयी भएको भन्दै बधाई दिएका छन् ।

प्रधानमन्त्री ओलीले बिहीबार ट्विट गर्दै लोकसभा निर्वाचन २०१९मा अत्यधिक बहुमतले जितेकोमा बधाई दिएका हुन् ।

उनले आगामी दिनमा थप सफलताको कामना पनि गरेका छन् । आफूले नजिक रहेको काम गर्ने प्रतिक्षा गरिरहेको समेत जनाएका छन् ।

मोदी उनका प्रतिद्वन्दीभन्दा निकै अघि छन् । भारतीय निर्वाचन आयोगले मोदीको जितको औपचारिक घोषणा भने गरेको छैन ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूँले पनि उनलाई जितको औपचारिक घोषणा अगावै बधाई दिएका छन् ।