बादलको सय दिनको उपलब्धि - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

बादलको सय दिनको उपलब्धि



काठमाडौं – गृहमन्त्री रामबहादुर थापा बादलले मन्त्रालयबाट सय दिनमा भएका उपलब्धि सार्वनिक गरेका छन् । आजको नयाँ पत्रिकामा खबर छ ।

गृहमन्त्रीले सय दिनको सबैभन्दा ठूलो उपलब्धिका रूपमा यातायात क्षेत्रमा रहेको सिन्डिकेट अन्त्यलाई मानेका छन् । त्यसपछि सुन तस्कारीको जालो भत्काउन सफल हुनु मन्त्रालयको अर्को उपलब्धि रहेको उनको दाबी छ ।

सनम शाक्य हत्याकाण्डको अनुसन्धान गर्न गृह मन्त्रालयको सहसचिव नेतृत्वको छानबिन समिति गठन र सुन ततस्करीको संगठित जालो तोड्न सफल भएको उनको भनाइ छ ।

मन्त्री थापाले उपत्यका तथा देशभरका ट्राफिक व्यवस्थापनका लागि अनुगमन गर्न निर्देशन समिति र कार्यान्वयन समिति गठन गरी ट्राफिक व्यवस्थापनको काम सुरु भएकोलाई पनि सफलता मानेका छन् ।