बादल निकट नेताहरू माओवादीमा फर्किए - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

बादल निकट नेताहरू माओवादीमा फर्किए



काठमाडौं- निर्वाचनको मुखमा नेकपा एमालेका केन्द्रीय सदस्यलगायतकै नेताहरू माओवादीमा फर्किएका छन् । एमालेका केन्द्रीय सदस्य रहेका टेकबहादुर बलंपाकीसहितका नेताहरु एमाले परित्याग गरी माओवादीमा फर्किए।

नेकपा विभाजन हुँदा उनी लगायतका नेताहरूले माओवादी छोडेका थिए । बलंपाकी रामबहादुर थापा बादल निकट मानिन्छन। बादलसँगै एमालेमा रहेका बलंपाकीलाई बुधबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टीका लगाएर फर्काएका छन् ।

महोत्तरीको हात्तिलेट घर भएका बलंपाकी माओवादी विभाजन हुँदा मोहन वैद्यतिर लागेका थिए। पछि थापासँगै उनी माओवादीमा फर्किएका थिए। त्यसयता उनी बादलको निकट बनेर काम गरिरहेका थिए ।

बलंपाकीको राजनीतिक पृष्ठभूमि भने जनमोर्चा, नेपाल हो। उनी जनवादी गायकको रुपमा पनि परिचित छन्। उनी एमाले बनेपनि उनकी पत्नी सीता दाहाल भने माओवादी केन्द्रमै क्रियाशील थिइन्।

बलंपाकीसँगै महोत्तरी नै घर भएका एमालेका पूर्व केन्द्रीय सदस्य राजेन्द्र साह पनि माओवादीमै फर्किएका छन्।