रिपोर्ट नराम्रो छ, गलत गर्ने सबैलाई कारबाही हुन्छ: बादल - Himal Post Himal Post
  • १८ असार २०८३, बिहीबार
  •      Thu Jul 2 2026
Logo

रिपोर्ट नराम्रो छ, गलत गर्ने सबैलाई कारबाही हुन्छ: बादल



काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले कारागारभित्रका विकृति र विसंगतिलाई हटाउन निर्देशन दिएका छन ।

आइतबार कारागार व्यवस्थापन विभागको निरीक्षणपछि विभागका कर्मचारीलाई निर्देशन दिँदै गृहमन्त्री थापाले कारागार सुधारमा उपलब्धि र परिणाम निस्कने गरी काम गर्न निर्देशन दिए।

कारागारभित्र विभिन्न किसिमका विकृति र विसंगति रहेकाबारे आफू जानकार रहेको भन्दै त्यो सच्याउन उनले निर्देशन दिए । उनले भने, “केही कैदीलाई कारागारबाट राति ठमेलको दोहोरी साँझमा लैजानेदेखि घुमाउन विभिन्न ठाउँसम्म लैजाने गरेकोसम्म ‘रिपोर्ट’ आएको छ, त्यस्तो कार्यमा संलग्नलाई छानबिन गरी कारबाहीको दायरामा ल्याउनुहोस् ।”

जेलरसँगको मिलेमतोमा जेलभित्रका केही चौकीदार, नाइके, भाई नाइकेले अन्य बन्दीलाई दुःख दिने गरेको गुनासो सुनिएको भन्दै त्यस्ता कार्यमा संलग्न व्यक्तिलाई तत्काल जेल सरुवा गरी त्यसको जानकारी मन्त्रालयलाई दिन उनले निर्देशन दिए ।

कारागारलाई यातना गृहका रुपमा नभई सुधार गृहका रुपमा विकास गर्न आवश्यक रहेको गृहमन्त्री थापाको भनाइ छ । अपराधी कारागारमा आएपछि असल नागरिकका रुपमा रुपान्तरण भएर जाउन् भनेर ध्यान दिन आवश्यक छ ।