गगन थापाले गृहमन्त्रीको नियत र क्षमता माथि यसरी प्रश्न उठाए - Himal Post Himal Post
  • ९ माघ २०८१, बुधबार
  •      Wed Jan 22 2025
Logo

गगन थापाले गृहमन्त्रीको नियत र क्षमता माथि यसरी प्रश्न उठाए



हिमालपोस्ट/काठमाडौँ

नेपाली काङ्ग्रेसका सांसद गगन थापाले गृहमन्त्री रामबहादुर थापाको क्षमतामाथि प्रश्न उठाएका छन्। मङ्गलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भने,  ‘थारू, मधेशी, दलित, महिला, मुस्लिम माथि खासगरी सुरक्षा संयन्त्रको व्यवहार झन् झन् विभेदकारी र असंवेदनशील बन्दै गएको छ। म गृहमन्त्रीलाई प्रश्न सोध्न चाहन्छु यो क्षमताको अभाव हो कि बदनियत?’

सर्लाही ईश्वरपुरको घटना विभेद र असंवेदनशीलताको जल्दोबल्दो उदाहरण र प्रमाण भएको उनले बताए।

विभेद हटाउने कानुन भएता पनि, कार्यान्वयन नभएको उनको भनाइ छ। उनले भने,  ‘हाम्रो राजनीतिक, प्रशासनिक र न्यायिक सुरक्षा संरचना स्वरूपमा असमावेशी तथा व्यवहारमा विभेदकारी रहँदै आएकोले यसलाई बदल्ने सङ्कल्प संविधानमा गर्‍यौँ। त्यही सङ्कल्प कार्यान्वयन गर्न अनेकन कानुन बनायौँ, बनाइराखेका छौँ। तर संसदले बनाएका त्यस्ता कानुनको त्यसबेला अर्थ रहन्छ जुनबेला यो कार्यान्वयन हुन्छ।’

गृहमन्त्री थापालाई लक्ष्यित गर्दै उनले भने, ‘तपाईं गृहमन्त्री भइसकेपछि झन् उल्टो पो हुन थाल्यो ।’