फिल्म ‘बोबी’ को पहिलो रोमान्टिक गीत सार्वजनिक - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

फिल्म ‘बोबी’ को पहिलो रोमान्टिक गीत सार्वजनिक



वास्तविक प्रेम जोडी कविता गुरुङ र उमेश थापाको वास्तविक कथामा निर्माण भएको फिल्म ‘बोबी’ को पहिलो रोमान्टिक गीत सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि फिल्मका ‘आँखाको नानी’ बोलको गीत सार्वजनिक गरिएको हो । उक्त गीतको भिडियोमा फिल्मका मुख्य नायक नायिका उमेश र कविता नै फिचरिङ छन् ।

बसन्त सापकोटाको शब्द तथा संगीत रहेको गीतमा राजेश पायल राई र दीपा लामाले स्वर सुन्न सकिन्छ । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतलाई सुन्दर दृश्यमा छायाँकन गरिएको छ । फिल्मको छायाँकन नवराजकृष्ण थापा हुन् ।

चाम्स ईन्टरटेनमेन्टको प्रस्तुती रहेको ‘बोबी’ लाई मिलन चाम्सले निर्माण तथा निर्देशन गरेका हुन् । फिल्ममा कविता र उमेशसँगै विजय लामा, रुवी राणा शाह, देशभक्त खनाल, रश्मी भट्ट, सुरविर पण्डित, रवि गिरी, बालदीप राई, शिशिर राणा लगायतको अभिनय छ ।नरेश भटटराई र गिरीराज घिमिरेको संयुक्त लेखन रहेको फिल्म बोबी मा अर्जुन जिसीको सम्पादन छ । फिल्मलाई असार २९ गते रिलिज गर्ने योजना छ ।