बाबुराम भट्टराईलाई भेट्न निवासमै पुगे भारतीय राजदूत - Himal Post Himal Post
  • २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
Logo

बाबुराम भट्टराईलाई भेट्न निवासमै पुगे भारतीय राजदूत



काठमाडौं- नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई भेट्न उनकै निवासमा पुगेका छन् ।

डा. भट्टराईले नयाँ दल खोलेलगत्तै भारतीय राजदूत श्रीवास्तव टोखा पुगेर उनलाई भेटेका छन् । मंगलबार राजदूत श्रीवास्तव भट्टराई निवास टोखा पुगेको अध्यक्ष भट्टराईले फेसबुकमार्फत् जानकारी दिएका छन् ।

राजदूतसँग शिष्टाचार भेट भएको र नेपाल र भारतबीचका आपसी हितका विषयमा विचारविमर्श भएको डा. भट्टराईले जानकारी दिएका छन् ।