एमसीसी पास नगरे नेपाल अफगानिस्तान जस्तै बन्ने बाबुरामको चेतावनी - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

एमसीसी पास नगरे नेपाल अफगानिस्तान जस्तै बन्ने बाबुरामको चेतावनी



काठमाडौं- जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले अन्तर्राष्ट्रिय शक्तिसँग सन्तुलन कायम राख्न पनि नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास गर्नेपर्नै जिकिरि गरेका छन्।

सोमबार पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीमा आफ्नो पार्टीले आयोजना गरेको संगठन सुदृढीकरण तथा जनजागरण अभियान कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले एमसीसी अनुमोदन गर्नुको विकल्पन नरहेको दाबी गरेका हुन्।

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले अन्तर्राष्ट्रिय शक्तिसँग सन्तुलन कायम राख्न पनि नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास गर्नेपर्नै जिकिरि गरेका छन्।

सोमबार पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीमा आफ्नो पार्टीले आयोजना गरेको संगठन सुदृढीकरण तथा जनजागरण अभियान कार्यक्रममा उनले एमसीसी अनुमोदन गर्नुको विकल्पन नरहेको दाबी गरेका हुन्।
‘अन्तर्राष्ट्रिय शक्तिसँग सन्तुलन कायम गर्न पनि एमसीसी पास गर्नैपर्छ’, उनले भने, ‘होइन भने उनीहरूको स्वार्थको भुमरीमा नेपाल फस्नेछ।’

भारत, चीन र अमेरिकासँग सन्तुलित सम्बन्ध राख्न नसके नेपाल अफगानिस्तानजस्तै बन्ने दाबीसमेत उनले गरे।

यसैल गर्दा आफ्नो पार्टी जनता समाजवादी पार्टी एमसीसी पास गर्नुपर्छ भन्ने पक्षमा दृढ रहेको उल्लेख गरे।