बाबुराम र उपेन्द्रबीच झगडा: पार्टीमा तनाव - Himal Post Himal Post
  • ६ माघ २०८२, सोमबार
  •      Mon Jan 19 2026
Logo

बाबुराम र उपेन्द्रबीच झगडा: पार्टीमा तनाव



काठमाडौं- सत्ता साझेदार दल समाजवादी पार्टीभित्र विवाद चर्किएको छ । पार्टी सरकारमा बसिरहने वा छोड्ने विवाद उत्कर्षमा पुगेको हो।

पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले कार्यकारी अध्यक्ष उपेन्द्र यादवलाई तत्काल सरकार नछोडे दुर्भाग्य हुने चेतावनी दिएपछि विवाद सतहमा आएको हो । स्रोतले जनाएअनुसार सरकार छाड्ने वा बस्नेबारे पार्टीमा सृजना भएको विवाद सतहमा आएसँगै पार्टीमा पनि तनाव बढेको छ ।

पार्टी भित्रै दुई पक्षको बहस हुन थालेको भन्दै केहि कार्यकर्ताले असन्तुष्टि प्रकट गरेको र यसको समयमै समाधान नगरे दुर्घटना हुनसक्ने समाजवादी पार्टीकै नेताहरूले बताउने गरेका छन् ।

स्रोतकाअनुसार सोमबार पनि बाबुरामले उपेन्द्रलाई फोन गरेर कडा चेतावनी दिएका छन् । पार्टी सरकारमा बस्दा देशव्यापी रुपमा पार्टीविरुद्ध नकारात्मक सन्देश गएको बाबुरामको ठम्याई छ ।

हालै बसेको पार्टीको संघीय परिषद बैठक र केन्द्रिय कार्यसमिति बैठकमा अधिकांश नेताहरुले पार्टी सरकारबाट बाहिरिनुपर्ने अडान लिएका थिए । तर, उपेन्द्रले कसैको कुरा सुनेनन् । उनले पेलेरै भएपनि आफू सरकामरा रहिरहने निर्णय गरे ।

बैठकमा सीमा समस्याको कुरा समेत उठेको र पार्टीले अडान लिन, सार्वजनिक रूपमा बोल्न नसकेको आरोप समेत लागेको थियो ।

बाबुरामले उपेन्द्रमाथि ‘नैतिकता र ईमानदारिता’ दुवै गुमाएको आरोप लगाउँदै आएका छन् । उनले यादवलाई भनेका थिए, ‘तपाईले नैतिकता भन्ने कुरा सबै बिर्सिनुभयो । अब जति पार्टी सरकारमा बस्छ, त्यति नै ठूलो घाटा हुन्छ । पार्टीलाई ठूलो क्षति हुन्छ ।’