समाजवादी पार्टीमा बिबाद : बाबुराम र उपेन्द्रमै दुईधार - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

समाजवादी पार्टीमा बिबाद : बाबुराम र उपेन्द्रमै दुईधार



काठमाडौं – समाजवादी पार्टीभित्र दुईधार देखापरेको छ। प्रष्टरुपमा के गर्ने भन्ने अन्योल भैरहेका बेला सरकारमा बस्ने वा पार्टी छाड्ने भन्नेमा दुई धार भएका हुन् ।

सरकारमै बसेर राजनीतिक मुद्दा उठाउने या बाहिरिएर आन्दोलनमा जाने भन्नेमा बाबुराम भट्टराइ र उपेन्द्र यादवमै मत बाझिएको स्रोत बताउँछ । सार्वजनिक कार्यक्रममा पार्टी अध्यक्ष उपेन्द्र यादव र परिषद् अध्यक्ष बाबुराम भट्टराईले सरकार छाडेर आन्दोलनमै जाने संकेत गरिरहेका छन्। तर आन्तरिक रुपमा भने बाबुराम भट्टराइले पार्टी तत्काल छाड्ने भनेपछि उपेन्द्रले भएन नछाड्ने बताएको स्रोतले बताएको छ ।

स्रोतले भन्यो उपेन्द्रजी तत्काल सरकार छाड्ने मनस्थितिमा छैनन्, बाबुरामले सरकार नछाडे राजनीतिक लडाई जित्न नसकिने र जनतालाई जवाफ दिन नसक्ने अड्डी कसेका छन् ।

एक पत्रिकालाई मधेश राजनीतिका विश्लेषक भोगेन्द्र झाले पनि यस्तो बताएका छन् । ‘बाबुरामजीमा सरकार छाडेर सडक आन्दोलनमा जानुपर्छ भन्ने दृष्टिकोण छ। तर, पार्टी अध्यक्ष यादव सरकार छाड्ने मनस्थितिमा छैनन्,’  ‘संविधान संशोधनकै मुद्दालाई लिएर उनी सरकारबाट बाहिरिन्छन् भन्नेमा उनी निकट नेता, समर्थक र मेधशी जनतालाईसमेत विश्वास छैन।’