बाबुराम भट्टराइ भन्छन- यस्तै भएर विश्वमा कम्युनिष्ट ध्वस्त भएका हुन् - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

बाबुराम भट्टराइ भन्छन- यस्तै भएर विश्वमा कम्युनिष्ट ध्वस्त भएका हुन्



काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले यस्तै सोचले विश्व कम्युनिष्ट आन्दोलन ध्वस्त भएको बताएका छन । सरकारले ल्याउन लागेको कानुन र विधेयकलाई लक्षित गर्दै उनले यस्तो बत्याएका हुन् ।

उनले सरकारले ल्याउन लागेको कानुन र विधेयकलाई हेर्दा पोलपोटको धङधङी देखिएको बताएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन  ‘‘मिडिया काउन्सिल, मानव अधिकार आयोग,सुरक्षा परिषद् लगायतका बिधेयकहरूलाई एकै ठाउँमा राखेर हेर्ने हो भने सत्ताधारी कमरेडहरूको मानसिकता स्टालिन र पोलपोटको एकमनावादी धंगधंगीबाट अझै ग्रसित देखिन्छ ! यस्तै सोचले विश्व कम्युनिष्ट आन्दोलन ध्वस्त भएको हैन र?अनि केको जबज र एशज?बहस त्यता गर्ने कि ?’’