एसपीपीमा सबै नेता अछुतो छैनन्, पानीमाथिको ओभानो नबनौँ: बाबुराम भट्टराई - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

एसपीपीमा सबै नेता अछुतो छैनन्, पानीमाथिको ओभानो नबनौँ: बाबुराम भट्टराई



काठमाडौ- पूर्व प्रधानमन्त्री एवं जसपा संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाल र अमेरिकाबीच स्टेट पार्टनरशिप प्रोग्राममा (एसपीपी) बारे सत्य तथ्य बाहिरिनु पर्ने बताएका छन् । उनले एसपीपी सम्झौताबारे श्वेतपत्र आउनुपर्ने बताएका छन्।

सामाजिक सञ्जाल ट्वीटरमा ट्विट गर्दै भट्टराईले एसपीपी बारे अमेरिकी दूतावास, नेपाली सेना, प्रमुख नेपाली दल, नेताका भनाइ, पत्रले राज्य र नेतृत्वको स्तर उदाङ्गो पारेको बताए । उनले सबै प्रमुख दल र नेता अछुतो नरहेकोले कसैलाे कसैलाई गाली गर्न नहुने बताए ।

उनले लेखेका छन् ,’एसपीपीवारे अमेरिकी दूतावास,नेपाली सेना, प्रमुख नेपाली दल/नेताका भनाइ/पत्रले हाम्रो राज्य र नेतृत्वको स्तर उदाङ्गो पार्दै छ। सबै प्रमुख दल र नेता अछुतो देखिन्न ! पानीमाथि ओभानो बन्ने कोसिस कसैले नगरोस् ! गालिबको भनाइ सम्झियोस्- ‘धूल चेहरे पर थी, आयनमा साफ करता रहा’! सत्य तथ्यको श्वेतपत्र आओस् !’