बाबुरामले भने : अफगानिस्तान घटनाबाट पाठ सिकौं - Himal Post Himal Post
  • १० श्रावण २०८३, आईतवार
  •      Sun Jul 26 2026
Logo

बाबुरामले भने : अफगानिस्तान घटनाबाट पाठ सिकौं



काठमाडौं – जनता समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले अफगानिस्तानको घटनाबाट पाठ सिकेर आफूहरु पनि सतर्क हुनुपर्ने बताएका छन्।

सामाजिक सञ्जालमार्फत धारणा राख्दै भट्टराईले देशमा सबल, प्रगतिशील लोकतान्त्रिक विकल्प नभए जनता कसरी कराइबाट उम्केर भुंग्रोमा पर्दारहेछन् भन्ने कुरा अफगानिस्तान घटनाले देखाएको बताए।

‘भूराजनीतिक हिसाबले संवेदनशील अफगानिस्तानमा बाह्य शक्तिको सैनिक हस्तक्षेपको अन्त्यपछि सत्तामा धार्मिक कट्टरपन्थी समूहको पुनरागमनले देशमा सबल, प्रगतिशील लोकतान्त्रिक विकल्प भएन भने जनता कसरी कराइबाट उम्केर भुंग्रोमा पर्दारहेछन् भन्ने पुन:पुष्टि भयो है! हामी पनि वेलैमा सतर्क बन्ने कि?’, भट्टराईले भनेका छन्।